Nepal Life

सामाजिक सुरक्षा कोषको कार्यान्वयन तहमा देखिएका समस्याका सम्वन्धमा अन्तरक्रिया

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 14:01
सामाजिक सुरक्षा कोषको कार्यान्वयन तहमा देखिएका समस्याका सम्वन्धमा अन्तरक्रिया
United Ajod

विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या एवं समाधानका  सम्वन्धमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायी बीच अन्तरक्रिया भएको छ । 

Shikhar
Nepal Life
NIMB

उद्योग संगठन मोरङको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा भएको छलफलमा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे । 

उनले कोषका माध्यमबाट प्रदान गर्दै आएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य आश्रितलाई पनि समेटी दायरा फराकीलो पार्न अनुरोध गरे । त्यसैगरी उद्योगी व्यवसायीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी कोष स्थापना हुनुपर्नेमा अध्यक्ष्ँ सुरानाले जोड दिए । 

कार्यक्रमका कोषका निर्देशक उत्तमराज नेपालले कोषको कानुनी आधारहरुलाई समय सापेक्ष सुधार गरी सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी वनाउदै लगिने वताए । उनले कोषमा आवद्ध भएका सबैको सामाजिक जोखिम न्यूनिकरण गरी सामाजिक सुरक्षाको सुनिश्चित गर्ने कार्यमा कोष प्रतिवद्ध रहेको स्पष्ट पारे । 

कार्यान्वयन तहमा देखिएका कतिपय व्यवहारिक समस्यालाई कोषले आगामी सहज वनाउदै आश्रित परिवारका दायरा थप फराकिलो वनाउने दिशामा कार्य भईरहेको निर्देशक नेपालले जनाए । 

उद्योग प्रतिष्ठान र सेवा प्रदायक अस्पतालका प्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा उद्योगी व्यवसायीले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाका व्यवस्थाको सेवा उपभोगको क्रममा भोग्नु परेको समस्या समाधानका लागि कोषलाई सेवा प्रदायक अस्पतालहरुसंग समन्वय गर्न अनुरोध गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया