Nepal Life

सरकारका खातामा करिब २ खर्ब ४ अर्ब नगद मौज्दात

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 17:16
सरकारका खातामा करिब २ खर्ब  ४ अर्ब नगद मौज्दात
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तमा सरकारको खातामा २ खर्ब ४ अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारका विभिन्न खातामा रु.२०४ अर्ब ९६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.६५ अर्ब ३६ करोड रहेको थियो।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.६४ अर्ब १४ करोड र स्रोत परिचालन रु.११६ अर्ब३५ करोड रहेको छ ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.८७ अर्ब २९ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.२९ अर्ब ६ करोड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया