Nepal Life

एचआइडिसिएलले १ करोड ७८ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 05 13:11
एचआइडिसिएलले १ करोड ७८ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने
United Ajod

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्न लागेको छ। संस्थापक शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गरिने छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक शेयरधनी समूह‘क’उपसमूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागिएको हो।
 
कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त शेयरहरुका लागि बिक्री आवेदन खुलाउने भएको छ। यो शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।  

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरुमा वैशाख ९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया