Nepal Life

कजारिया टायल्सले गर्‍यो नेपालमा पहिलो 'एक्सपेरियन्स सेन्टर' को उद्घाटन

NMB Bank
  • BFIS News
  • 2024 Apr 05 14:59
कजारिया टायल्सले गर्‍यो नेपालमा पहिलो 'एक्सपेरियन्स सेन्टर' को उद्घाटन
United Ajod

काठमाडौं  । भारतको टायल्स कम्पनीको रूपमा प्रख्यात कजारिया टायल्सले आफ्नो उत्पादनहरू नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले काठमाडौंमा आफ्नो पहिलो 'एक्सपेरियन्स सेन्टर' को उद्घाटन गर्दै आफ्ना उत्पादनहरू नेपाली बजारमा प्रवेश गराएको बताएको छ।

Shikhar
Nepal Life
NIMB

यस सोरूमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रंग र टायल्सहरूको विविधता प्रदान गर्ने कम्पनीले बताएको छ।

एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज र २० भन्दा बढी 'लाइभ मोक–अप' बाथरूमको अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ।

अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित 'द स्टेट–अफ–द–आर्ट कन्टिनुवा+टेक्नोलोजी' प्रयोग गर्दै कजारिया टायल्सले नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टायल्स स्ल्याबहरू उत्पादन गर्ने गरेको बताइएको छ।

यसबाहेक टायल्सले आफ्ना उत्पादनहरू पर्यावरणमैत्री भएको दाबी पनि गरेको छ।

कम्पनीले उच्चस्तरका उत्पादनहरू वितरण गर्दा वातावरणीय प्रभावलाई कम गर्ने प्रयास गर्ने कम्पनीको भनाइ छ। प्रत्येक टायल्सले खाली ठाउँमा सुन्दरता मात्र थप्दैन, कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउँछ।

यसैबीच कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा उच्च गुणस्तरको टायल्स र सेरामिक उत्पादनहरू उपलब्ध गराउनेछ।

कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्ने जनाइएको छ। यो कदमले नेपालको टायल्स र सेरामिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै कजारिया रमेश टायल्सले नेपाली बजारमा गुणस्तरीय र किफायतीताका नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया