Nepal Life

चालू आवको आर्थिक वृद्धिदरमा अर्थमन्त्रीको सन्तुष्टि, भने - अझ राम्रो बनाउने प्रयास हुनेछ

NMB Bank
  • BFIS News
  • 2024 Apr 09 15:43
चालू आवको आर्थिक वृद्धिदरमा अर्थमन्त्रीको सन्तुष्टि, भने - अझ राम्रो बनाउने प्रयास हुनेछ
United Ajod

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण गरिएको बताएका छन्। नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार भएको भेटमा पुनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे। आगामी आर्थिक वर्षमा थप राम्रो गर्न प्रयास गरिने उनले बताए।

Shikhar
Nepal Life
NIMB

मन्त्री पुनले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उल्लेख गरे। पुनले आर्थिक रुपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको बताए ।

उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको पुनले बताए।

आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरुसँग निरन्तर संवाद र परामर्श गरिरहेको भन्दै पुनले नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वधारमा उल्लेख्य विकास गरेको दाबी गरे।

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे पनि चासो राखेका थिए। उनले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने विश्वाससमेत दिलाए।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया