Nepal Life

फोनपेको इ-सेवा र होटल संघ नेपालसँग साझेदारी

NMB Bank
  • BFIS News
  • 2024 Apr 11 14:07
फोनपेको इ-सेवा र होटल संघ नेपालसँग साझेदारी
United Ajod

काठमाडौं । भारतीय फिनटेक कम्पनी फोनपेले इ-सेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ। फेवा महोत्सवमार्फत नेपालमा युपिआई विस्तार गर्न साझेदारी गरेको हो।

Shikhar
Nepal Life
NIMB

नयाँ वर्षको उपलक्ष्यमा चैत २९ गते बिहीबारदेखि वैशाख २ गतेसम्म फेवा महोत्सव हुने भएको छ। सोही अवसरमा फोनपे नेटवर्कमा युपिआईको प्रयोग बढाउने उद्देश्यले फोनपेले इसेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ।

फेवा महोत्सव नेपालभरिका आन्तरिक पर्यटकमाझ मात्र नभएर भारतीय पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय रहेको पाइन्छ। परम्परागत नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू, स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सङ्गीत प्रस्तुति, परम्परागत नेपाली नृत्य तथा सङ्गीत प्रस्तुति, कला प्रदर्शनी र कार्यशालाहरू लगायतका सांस्कृतिक प्रस्तुतिहरूको साथमा फेवा महोत्सवले नेपाली संस्कृति र स्थानीय खानाको स्वादको अनुभव लिने अनुपम अवसर प्रदान गर्दछ।  

यस वर्ष, नेपालमा युपिआई को लोकप्रियता बढाउने बढाउने उद्देश्यले फोनपेले फेवा नयाँ वर्ष महोत्सवमा ग्राहकहरूमाझ युपिआईको प्रयोगले डिजिटल भुक्तानीमा हुने सहजता झल्काउने कार्य तथा स्थानीय व्यापारीहरू बीच डिजिटल भुक्तानीको बारेमा चेतना जगाउने उद्देश्यले थुप्रै गतिविधिहरू गर्दैछ।  

डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा युपिआई मार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले  होटल संघ पोखराको सहकार्यमा गर्दैछ।

महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी अन्तरिक तथा अन्तराष्ट्रिय पर्यटकहरुले सहभागीता जनाउने अपेक्षा गरिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया