Nepal Life

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, दर्जनबढी देशको सहभागिता रहने

NMB Bank
  • BFIS News
  • 2024 Apr 11 18:05
हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, दर्जनबढी देशको सहभागिता रहने
United Ajod

काठमाडौं । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी छ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ।

लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरू, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायत सरोकारवाला निकायका प्रतिनिधि, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस गरिने छ।

साथै नयाँ प्रविधि र उपकरणहरूको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागिता निश्चित भएको इप्पानले जनाएको छ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन, आन्तरिक खपत र विद्युत व्यापार लगायत विषयमा सातवटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा गराइनेछ।

युवा पुस्तालाई हाइड्रो सम्बन्धी कार्यमा अभिरुची बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत भिडियो उत्पादन गर्ने प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछन्।

यी दुवै विधाका प्रतिष्पर्धाका बिजेताहरुलाई  पुरस्कारको समेत व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया