Nepal Life

इजरायल-इरान द्वन्द्वले विश्वको हवाइ सेवा प्रभावित, एयरलाइन्सले परिवर्तन गरे रुट

NMB Bank
  • BFIS News
  • 2024 Apr 14 09:29
इजरायल-इरान द्वन्द्वले विश्वको हवाइ सेवा प्रभावित, एयरलाइन्सले परिवर्तन गरे रुट
United Ajod

काठमाडौं । इजरायल र इरानबीच तनाव बढ्दै गएको छ। दुई देशबीच युद्धको सम्भावना बढेको छ। इरानले इजरायलमाथि दर्जनौं क्षेप्यास्त्रहरु प्रहार गरेको छ। युद्धको खतरा बढेपछि हवाई यातायात नराम्ररी प्रभावित भएको छ । धेरै एयरलाइन्स इरान र इजरायलबाट टाढा बस्न थालेका छन्।

Shikhar
Nepal Life
NIMB

दुई देशबीचको तनावले छिट्टै समाधान नपाएमा यसले विश्वका धेरै प्रमुख एयरलाइन्समा नकारात्मक असर पार्न सक्ने बताइएको छ। एयर इन्डिया र क्वान्टास एयरवेजले तत्कालका लागि इरानको हवाई क्षेत्र प्रयोग नगर्ने निर्णय गरेका छन्। यसबाहेक लुफ्थान्सा एयरलाइन्सले तेहरानका लागि उडानहरू रोकेको छ।

उडान ट्र्याकिङ डाटाका अनुसार, एयर इन्डियाको लन्डन जाँदै गरेको उडानले शनिबार इरानको हवाई क्षेत्रबाट दुरी बनाउँदै लामो र घुमाउरो यात्रा पछि गन्तव्यमा पुगेको छ। एयर इन्डियाको युरोप जाने उडानले अब ४५ मिनेट लामो उडान गर्नुपर्नेछ।

अर्कोतर्फ जर्मन एयरलाइन्स लुफ्थान्साले अप्रिल ६ देखि तेहरान जाने र आउने उडानमा प्रतिबन्ध लगाएको छ । यसको सहायक अस्ट्रियन एयरलाइन्सले पनि इरानको हवाई क्षेत्र प्रयोग नगर्ने स्पष्ट पारेको छ। मध्यपूर्वमा जारी संकटका कारण यो निर्णय गरिएको लुफ्थान्सा एयरलाइन्सका प्रवक्ताले बताए।

यसबाहेक क्वान्टास एयरवेजले मध्यपूर्वको हवाई क्षेत्र प्रयोग नगर्नका लागि आफ्ना धेरै उडानहरू डाइभर्ट गरेको छ । यसको पर्थबाट लन्डन उडान अब सिंगापुरबाट हुनेछ। यी उडानले अब केही दिन सिंगापुरमा फ्युल स्टप लिनेछन्। क्वान्टास एयरवेजका प्रवक्ताले स्थितिलाई निगरानी गरिरहेको बताए। अवस्था सामान्य भए सवै पछि सामान्य हुँदै जाने उनले बताए।

इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। ती मध्ये धेरैलाई निस्तेज पारिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया