Nepal Life

सिटिजन्स बैंकका ग्राहकलाई बेक एण्ड सेल्समा विशेष छुट

NMB Bank
  • BFIS News
  • 2024 Apr 14 18:18
सिटिजन्स बैंकका ग्राहकलाई बेक एण्ड सेल्समा विशेष छुट
United Ajod

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट हुने भएको छ। सो सम्बन्धमा दुई पक्षबीच समझदारी भएको छ।

Shikhar
Nepal Life
NIMB

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगञ्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया