Nepal Life

रुरु जलविद्युतको ४४ लाख ४४ हजार बढी कित्ता शेयरको लक-इन अवधि आज समाप्त हुँदै

NMB Bank
  • BFIS News
  • 2024 Apr 15 07:07
रुरु जलविद्युतको ४४ लाख ४४ हजार बढी कित्ता शेयरको लक-इन अवधि आज समाप्त हुँदै
United Ajod


काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आज समाप्त हुँदै छ। कम्पनीको ४४ लाख कित्ता बढी शेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो।  

Shikhar
Nepal Life
NIMB

कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक शेयर, ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको शेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक इन अवधि आज सकिन लागेको हो ।

कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको शेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँट गरेको थियो ।  धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया