निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सिइओमा दाहाल नियुक्त
- BFIS News
- 2024 Apr 16 13:15
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) मुकेश दाहाल नियुक्त भएका छन्।
कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मुकेश दाहाललाई दुई वर्षका लागि सिइओमा नियुक्त गरेको हो।
दाहालको पहिलो कार्यकाल २०८१ वैशाख ४ गतेदेखि २०८३ वैशाख ३ गतेसम्म रहने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया