Nepal Life

डिश मिडियाको सिइओमा मानन्धर नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 16 16:15
डिश मिडियाको सिइओमा मानन्धर नियुक्त
United Ajod

काठमाडौं । डिश मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतक (सिइओ) मा तारा मानन्धर नियुक्त भएका छन्। मानन्धरले डिश मिडियामा यही वैशाख ३ गतेदेखि सिइओको रूपमा कार्यभार सम्हालेका छन्।

Shikhar
Nepal Life
NIMB

मानन्धरले २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। व्यवस्थापनमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धरले डिश मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई सुदृढ बनाउँदै कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवाहरूलाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने कम्पनीले विश्वास लिएको छ।

विगत १३ वर्षदेखि डिश मिडिया पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छ ।

डिशहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ । साथै, तीन वर्षअघि मात्रै नेपाल दुरसंचार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरण गर्नका लागि अनुमति प्राप्त गरी हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भइसकेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया