Nepal Life

कुमारी बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछ आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 07:41
कुमारी बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछ आवेदन?
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले १० लाख कित्ता शेयर बिक्रीमा राखेको हो। बुधबार सूचना जारी गर्दै बैंकले संस्थापक शेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको जनाएको हो।

Shikhar
Nepal Life
NIMB

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।

शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया