Nepal Life

युएईविरुद्ध सेमिफाइनलमा नेपालको खराब प्रदर्शन, एसिया कप खेल्ने सपना चकनाचुर

NMB Bank
  • BFIS News
  • 2024 Apr 19 15:32
युएईविरुद्ध सेमिफाइनलमा नेपालको खराब प्रदर्शन, एसिया कप खेल्ने सपना चकनाचुर
United Ajod

काठमाडौं । एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग ६ विकेटको हार बेहोरेको छ। ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्दा नेपाल महत्वपूर्ण खेलमा हार बेहोर्न बाध्य मात्रै भएन सन् २०२५ मा हुने एसिया कप टी-२० प्रतियोगिताका लागि छनोट हुनसमेत असफल बन्यो।

Shikhar
Nepal Life
NIMB

नेपालले दिएको १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। युएईका लागि ओपनिङ ब्याटर अलिशान शराफूले नटआउट ५५ रन जोडे। उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

मोहमद वासीमले ११, विष्णु सुकुमरनले २८ र आसिफ शेखले १० रन बनाए। सइद हैदरले १४ रन बनाए। बलिङमा नेपालका गुल्सन झाले २ विकेट लिँदा सोमपाल र ललितले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्‍यो। ओमानको अलअमेरतमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन मात्रै जोड्न सक्यो।

पहिलो बलदेखि विकेट गुमाउन थालेको नेपालले राम्रो पार्टनरसिप नै गर्न सकेन। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपले ५० रन जोड्ने क्रममा ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यसपछि गुल्सन झाले १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडे। करन केसीले १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

नेपालका ओपनर कुशल भुर्तेल डक आउट हुँदा अर्का ओपनर आसिफ शेख ८ रन जोडेर आउट भए। कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर जम्मा ५ रन बनाएर आउट भए। कुशल मल्ल ३ रनमा, दीपेन्द्रसिंह ऐरी ५ रनमा र सोमपाल कामी २ रनमा आउट भए।

बलिङमा युएईका जुनइद सिद्धिकी, अली नासीर र बासिल हमीदले २-२ विकेट लिए।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। समूह चरणमा नेपाल अपराजित रहेको थियो। नेपालको समूहमा साउदी अरब, कतार, हङकङ र मलेसिया थिए।

प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ।

नेपालले शनिबार तेस्रो स्थानका लागि खेल्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया