Nepal Life

नेपाली बजारमा भित्रियो स्काइवेल इटी-५, यस्तो छ मूल्य र फिचर

NMB Bank
  • BFIS News
  • 2024 Apr 19 18:15
नेपाली बजारमा भित्रियो स्काइवेल इटी-५, यस्तो छ मूल्य र फिचर
United Ajod

काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी भित्रिएको छ। जी मोटर्सले बजारमा नयाँ कार ब्रान्ड 'स्काइवेल' को बिक्री घोषणासँगै नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै स्काइवेल इटी५ सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

स्काइवेल इटी५ एक प्रिमियम लक्जरी एसयुभी हो। यसले एक पटकको पूरा चार्जमा ६२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

यो गाडीमा ८५.६ किलोवाट आवरको लिथियम ब्याट्री प्याक दिइएको छ भने १५० किलोवाटको मोटर क्षमता पाउन सकिन्छ। यसमा ८ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी कम्पनीले दिने जनाएको छ।

स्काइवेल इटी५ ले सिएनएपी सेफ्टी रेटिङमा ५ स्टार पाएको छ। कम्पनीले गाडीको विभिन्न विशेषतामध्ये सुरक्षालाई विशेष ध्यानमा राखेर निर्माण गरेको बताएको छ।

स्काइवेल इटी५ ११ किलोवाटको चार्जरबाट जम्मा ८ घण्टामा चार्ज हुन्छ भने ९० किलोवाटको डिसी फास्ट चार्जरबाट गाडीलाई डेढ घण्टामा चार्ज गर्न सकिन्छ।

गाडीको बाहिरी र भित्री बनावट प्रिमियम ढंगमा गरिएको कम्पनीको भनाइ छ। यसमा एलइडी डिआरएल हेडलाइट दिइएको छ भने ३६० डिग्रीमै प्रोक्सी सेन्सर दिइएको छ। यसमा सनरुफ पनि छ।

गाडीमा १९ इन्चको अलोय ह्विल छ भने चारवटै पांग्रामा डिस्क ब्रेक पाउन सकिन्छ। गाडीमा १९० एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ।

यो गाडीलाई १६० किलोमिटर प्रति घण्टासम्मको रफ्तारमा चलाउन सकिन्छ।

कम्पनीका अनुसार स्काइवेल इटी५ को सुरुआती बजार मूल्य एक करोड नौ लाख रूपैयाँ तोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया