Nepal Life

कुमारी बैंकले ल्यायो ६ लाख ९८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 21 07:33
कुमारी बैंकले ल्यायो ६ लाख ९८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले आइतबार सूचना प्रकाशन गरी संस्थापक शेयरधनीहरूको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। बैंकका अनुसार शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ।

इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया