Nepal Life

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Apr 21 12:55
आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। सो दिन सुन प्रतितोला १ लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।
उक्त मूल्य हालसम्मकै उच्च हो।

Shikhar
Nepal Life
NIMB

आज पनि सोही मूल्यमा सुन कारोबार भइरहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया