Nepal Life

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 07:43
अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्रीमा, सवैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गते १:१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर आजदेखि (बैशाख १०) लिलामीमातर्फ बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यो शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ।

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २४ गते रहेको छ।   

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल , घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरुबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया