Nepal Life

सिइडिबी हाइड्रोपावरद्वारा लाभांश वितरणको घोषणा, दुई आवको बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 23 08:48
सिइडिबी हाइड्रोपावरद्वारा लाभांश वितरणको घोषणा, दुई आवको बोलायो साधारणसभा
United Ajod

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो।

बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई आवको साधारण सभासमेत बोलाएको छ। कम्पनीको साधारण सभा आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा आयोजना हुनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको शेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया