Nepal Life

नेप्सेको वृद्धि एक अंक पनि पुगेन, कारोबार रकम बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Apr 24 15:35
नेप्सेको वृद्धि एक अंक पनि पुगेन, कारोबार रकम बढ्यो
United Ajod

काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। सोमबार १९६९.०२ विन्दुमा बन्द भएको नेप्से आज ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा बन्द भएको हो।

बुधबारको बजारमा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम ४८ करोड रूपैयाँले बढेको हो।

Shikhar
Nepal Life
NIMB

यस दिन ३१३ वटा धितोपत्रको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर किनबेच भएको छ। बुधबार ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटाको घटेको छ। यस्तै, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

यसदिन पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६५ रूपैयाँ ४० पैसा कायम भएको छ। यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य ९.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ९४० रूपैयाँ पुगेको छ।

माइखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४७० रूपैयाँ कायम भएको छ। यस्तै, नबिल डिबेन्चर २०८५ को मूल्य ३.९६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य ९५५ रूपैयाँ ६० पैसामा झरेको छ।

बुधबार नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २८१ रूपैयाँमा ६३ करोड ३० लाख बराबरको शेयर कारोबार भएको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६५ रूपैयाँ ४० पैसामा १४ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ। वित्त समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया