Nepal Life

हाथवे इन्भेष्टमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगामा रहनुभएकाले छुटाउनु भयो कि ?

NMB Bank
  • BFIS News
  • 2023 Aug 03 09:57
हाथवे इन्भेष्टमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, वैदेशिक रोजगामा रहनुभएकाले छुटाउनु भयो कि ?
United Ajod

काठमाडौं । हाइथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म मात्रै आवेदन दिन पाउने छन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि गत साउन ४ गतेदेखि आजसम्म आइपिओ निष्काशन गरेको हो । 

Shikhar
Nepal Life
NIMB

प्रतिकित्ता ५० रुपैयाँ अंकित दरले आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता आइपिओ निष्कासको अनुमति पाएको छ ।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ रहरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गर्नेछ ।

बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने बताएको छ ।

उक्त आइपिओमा न्यूनतम २० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाईन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युर रेटिङ ट्रिपल बी माइनस' रेटिङ प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया