Nepal Life

सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2024 Apr Thu 07:40
सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्री खुला
United Ajod

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। लघुवित्तले एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर लिलामीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यसमा विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ।

निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाडौंको बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया