Nepal Life

साताको कारोबारको अन्तिम दिन ३.२४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

NMB Bank
  • BFIS News
  • 2024 Apr 25 15:38
साताको कारोबारको अन्तिम दिन ३.२४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
United Ajod

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेको छ। नेप्से १९६५.९३ विन्दुमा पुगेको छ।

Shikhar
Nepal Life
NIMB

बिहीबारको बजारमा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ कमी आएको हो।

आज ३०३ वटा धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच भएको हो।

बिहीबार ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

यसदिन मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ कायम भएको छ। यस्तै, पोखरा फाइनान्सको शेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१० रूपैयाँ ९० पैसा पुगेको छ।

सबैको लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७२७ रूपैयाँ कायम भएको छ। यस्तै, माइखोला हाइड्रोपावरको मूल्य ५.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४४४ रूपैयाँ ४० पैसामा झरेको छ।

बिहीबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ९० पैसामा ११ करोड २६ लाख बराबरको शेयर कारोबार भएको हो। सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा मल्टीपर्पस फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२५ रूपैयाँमा ९ करोड ४० लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको भने बाँकी ८ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया