Nepal Life

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हालसम्मको खर्च ३४.१७ प्रतिशत मात्रै

NMB Bank
  • BFIS News
  • 2024 Apr 25 18:27
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हालसम्मको खर्च ३४.१७ प्रतिशत मात्रै
United Ajod

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म (२०८१ वैशाख १२ गतेसम्म) ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन्।

Shikhar
Nepal Life
NIMB

कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ (३४.१७ प्रतिशत) मात्रै खर्च भएको उनले बताए।

चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत) खर्च भएको र पुँजीगततर्फ ७ करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ९० लाख रुपैयाँ (२३.९५ प्रतिशत) खर्च भएको उनले स्पष्ट पारे।

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएकोमा वित्तिय हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयन हुने ५ अर्ब ३६ करोड रुपैयाँमध्ये १ अर्ब १४ करोड ५३ लाख ९९ हजार रुपैयाँ (२१ प्रतिशत) खर्च भएको बताए।

उनले मन्त्रालयबाट कार्यान्वयन हुने ५७ करोड ७८ लाख रुपैयाँमध्ये ४ करोड ११ लाख ५९ हजार रुपैयाँ (७.१२ प्रतिशत) खर्च भएको जानकारी दिए। त्यसैगरी, व्यावसायिक तथा सीप विकास तालिमतर्फ सीप विकास तालिम प्रतिष्ठानबाट कार्यान्वयन हुने विनियोजित बजेट रकम २९ करोड ३३ लाख रुपैयाँमध्ये ४ करोड २३ लाख १५ हजार रुपैयाँ (१४.४३ प्रतिशत) खर्च भएको बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया