Nepal Life

प्रिमियममा आइपि‌ओ निकाल्ने काम बन्द गराउन अर्थमन्त्रीलाई ध्यानाकर्षण

NMB Bank
  • BFIS News
  • 2024 Apr 25 21:30
प्रिमियममा आइपि‌ओ निकाल्ने काम बन्द गराउन अर्थमन्त्रीलाई ध्यानाकर्षण
United Ajod

काठमाडौं । शेयर बजारका लगानीकर्ताले प्रिमियममा आइपिओ निष्काशन निकाल्ने काम बन्द गराउन अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् । प्राथमिक बजारबाट महंगो प्रिमियम सहित आइपिओ निष्काशन गर्ने र लगानीकर्ताहरु सँगबाट मोटो रकम असुल्ने परिपाटीको अन्त्य गरिनु पर्ने भन्दै ५ लगानीकर्ता संघ संघठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । 

Shikhar
Nepal Life
NIMB

लगानीकर्ताले अर्थमन्त्री समक्ष शेयर धितोकर्जामा लगाईएको १५/२० करोडको सीमा हटाईनु पर्ने माग राखेका छन् ।त्यस्तै शेयरकर्जामा लगाईएको जोखीमभार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गर्नु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । 

अल्पकालिक लगानीकर्ता लाई ५ प्रतिशत र दीर्घकालिक लगानिकर्तालाई ३ प्रतिशत मात्र पूँजीगत लाभकर कायम गर्नु पर्ने माग गरिएको छ । सक्षम र धितोपत्रसम्बन्धी अनुभवी व्यक्तीलाई अबिलम्ब धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने माग राखिएको छ ।

व्यवसायीहरूलाई पलायन गराउने बाफिया ऐनलाई व्यावहारिक बनाइनु पर्ने लगानीकर्ताको माग छ। संस्थापक लगानीकर्तालाई पलायन गराए पूँजी बजारमा आपूर्ति बढ्न गई बजार धरासयी हुन्छ भन्दै यस तर्फ सरकारको ध्यान जानु पर्ने लगानीकर्ताको भनाइ छ । कुनै पनि व्यबसायमा लगानी गर्न पाउने व्यवसायीको नैसर्गिक अधिकारको संरक्षण गरिनु पर्ने भन्दै ऐनमा भएका बिरोधाभास कुराहरू हटाइनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

बजारमा संस्थापक लगानीकर्तालाइ प्रवेश गराउने, बैक तथा बित्तिय संस्थालाइ उनीहरूके कोर क्यापीटलको निश्चित प्रतिशत रकम पूँजी बजारमा लगानी गर्न पाउने नीतिगत व्यबस्था गरि बजारमा माग सृजना गर्ने काम अभिलम्व गरिनु पर्ने लगानीकर्ताको माग छ । 

पूँजी बजारलाई तत्काल उद्धार गरी देशमा लगानीको वातावरण बनाउन र आसन्न लगानी सम्मेलनलाई सफल बनाउन अर्थमन्त्रीबाट पूर्व प्रतिबद्धता बमोजिम तत्काल ठोस निर्णयहरु सार्वजनिक हुनु अति आबश्यक रहेको लगानीकर्ताको भनाइ छ । अर्थमन्त्रीबाट पूर्व प्रतिबद्धता बमोजिमका निर्णयहरु सार्वजनिक नभएमा पूँजी बजारका ६२ लाख लगानीकर्ताहरुको तर्फबाट लगानी सुरक्षाको माग गर्दै आसन्न लगानी सम्मेलनलाई घेर्नेसम्मका अप्रिय गतिविधिहरु गर्न बाध्य हुने भन्दै लगानीकर्ताले चेतावनी दिएका छन् ।

बिहीबार नेपाल सेयरधनी संघका अध्यक्ष जि.एस, पाण्डे, स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष शुशील लुनिया, नेपाल धितोपत्र लगानीकर्ता संघ अध्यक्ष प्रकास रजोरे, नेपाल जनरल इन्भेष्टर एसेसियसनका अध्यक्ष दिपक कार्की र स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले संयुक्त रुपमा ज्ञापनपत्र सहित अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनिहरुले अर्थमन्त्रालय पुगरै ज्ञापन पत्र दिएका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया