Nepal Life

पुवा खोला–वान हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै, बोलायो विशेष साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 09:17
पुवा खोला–वान हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै, बोलायो विशेष साधारणसभा
United Ajod

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले बैशाख १५ गते विशेष साधारण सभा बोलाएको छ। साधारणसभाबाट आइपिओ निष्कासनको प्रस्ताव पारित हुनेछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आइपिओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सभामा आइपिओ निष्कासन गर्ने र उक्त कार्यका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने प्रस्ताव पारित गरिनेछ। यस्तै नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ।  

कम्पनीमा एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले रणनीतिक लगानी गर्दैछ। यससम्बन्धी एलएस क्यापिटल र पुवा खोलाबीच सम्झौता पनि भइसकेको छ।  
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया