Nepal Life

एनआरएनए महासचिव पौडेलको अध्यक्षमा लड्ने तयारी

NMB Bank
  • BFIS News
  • 2023 Aug 03 10:53
एनआरएनए महासचिव पौडेलको अध्यक्षमा लड्ने तयारी
United Ajod

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका महासचिव डा. केशव पौडेलले उम्मेदवारी दिने भएका छन् ।

Shikhar
Nepal Life
NIMB

हालै क्यानडामा आयोजित एनआरएनए कार्यक्रममा पौडेलले आफूलाई नेतृत्वमा अघि बढ्नका लागि एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए सदस्यहरुबाट सुझाव आएकाले आफूले संस्थाको नेतृत्व गर्ने सोच बनाएको बताए ।

आफूले शुरुदेखि नै अघि सारेको नागरिकताको मुद्दामा केही सकारात्मक परिवर्तन भए पनि डा. पौडेलले नेपाली नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्ने बताएका छन् । हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीयहरु बञ्चित भएको अवस्था छ । विभिन्न ठूला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर जाने पौडेलले बताए ।

संस्था ठूलो भएकाले भद्दा र नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि पौडेलले एजेण्डा बनाएका छन् । यसका अलावा विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा मुखर भएर लाग्ने योजना पनि पौडेलले बनाएका छन् ।

विभिन्न देशका राष्ट्रिय सम्मेलन सकिइसकेका बेला व्यवसायिक चिकित्सा पेसासँगै एनआरएनए अभियानमा महत्वपूर्ण समय दिएका पौडेलको नेतृत्व दौडलाई धेरै अगुवाले सकारात्मक हेरेका छन् । अमेरिकामा कार्यरत पौडेललाई त्यहाँबाट ठूलो समर्थन मिलेको छ । यसबाहेक धेरै मतदाता भएका युरोपेली तथा अष्ट्रेलियासँगै साना देशबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले पौडेल आशाावादी छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया