Nepal Life

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई सम्मानित

NMB Bank
  • BFIS News
  • 2024 Apr 26 16:38
सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई सम्मानित
United Ajod

काठमाडौं । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनीमा आइएमई लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा  रेमिट्यान्स कम्पनीहरू मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरिएको हो।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रशंसा पत्र ग्रहण गर्दै आइएमई  लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया