Nepal Life

चीनको सिमेन गोल्ड ड्रागनले नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 29 17:05
चीनको सिमेन गोल्ड ड्रागनले नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने
United Ajod

काठमाडौं । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ। 

Shikhar
Nepal Life
NIMB

कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो।

कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ। कम्पनीले नेपालमै पहिलो पटक विद्युतीय गाडी उत्पादन गर्न लागेको हो । गाडी उत्पादनका लागि प्रविधि उपकरण सबै चिनियाँ हुनेछ, गाडी भने नेपाली ब्राण्डमै बिक्री गरिनेछ ।

प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको छ । कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्नेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया