Nepal Life

हिमालयन लघुवित्तको खुद नाफासहित प्रतिशेयर आम्दानीमा पनि वृद्धि

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 08:36
हिमालयन लघुवित्तको खुद नाफासहित प्रतिशेयर आम्दानीमा पनि वृद्धि
United Ajod

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा वृद्धि देखिएको छ। संस्थाले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा ७३.८७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा संस्थाले ६५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
Nepal Life
NIMB

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ। खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ४.४६ प्रतिशतले बढेर १५ करोड ९८ लाख रुपैयाँ पुगेको छ।  

संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९१ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६१ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी ४.७५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२६.४६ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९५.६२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५२.५८ गुणा र तरलता अनुपात १५.०८ प्रतिशत रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा संस्थाले ४ अर्ब १५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया