आइपिओ निष्कासन गर्ने तयारीमा नेपाल सोलार, बोलायो विशेष साधारणसभा
- BFIS News
- 2024 Apr 30 10:09
काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। उसले यसको मूख्य एजेण्डासहित विशेष साधारण सभा बोलाएको छ।
सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेका लागि विशेष साधारण सभा बोलाएको हो सभा काठमाडौंस्थित बाफलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बस्नेछ।
उक्त सभामा सर्वसाधारणलाई कम्पनीको साधारण शेयर जारी गर्ने र सो सँग सम्बन्धित सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको आइपिओ निष्कासन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया