Nepal Life

फोनपेको अन्तर आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश

NMB Bank
  • BFIS News
  • 2024 May 07 08:14
फोनपेको अन्तर आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश
United Ajod

काठमाडौं । फोनपेले पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो सञ्जालमा समावेश गरेको छ। मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तर आबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्युआर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।

Shikhar
Nepal Life
NIMB

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस अन्तरआबद्धताको साथमा सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अवस्थित नेपालभरका झण्डै १४ लाख व्यवसायिक स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्युआर भुक्तानी गर्नसक्ने जनाइएको छ।

उक्त कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मोरु डिजिटल वालेटलाई भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत पौडेलले फोनपेसँग आबद्ध हुँदै फोनपे नेटवर्कमा अवस्थित देशभरका १४ लाख व्यवसायीमाझ मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुर्‍याउन पाउँदा खुसी लागेको बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया