Nepal Life

सर्वोत्तम सिमेन्टको खुद नाफामा वृद्धि, अन्य सूचक कस्ता?

NMB Bank
  • BFIS News
  • 2024 May 07 08:25
सर्वोत्तम सिमेन्टको खुद नाफामा वृद्धि, अन्य सूचक कस्ता?
United Ajod

काठमाडौं। सर्वोत्तम सिमेन्टको खुद नाफामा वृद्धि भएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो। जसमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही तुलनाको अवधिमा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा देखिएको छ।

Shikhar
Nepal Life
NIMB

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने घटेको छ। कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ। कम्पनीले अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ।

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। कम्पनीको अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ४.७६ प्रतिशतले बढेर ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ।  

कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालिन र १५ करोड २५ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ। कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १७ करोड र कुल चालु दायित्व ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया