Nepal Life

एनआइसीद्वारा कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट योजना सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2024 May 07 12:59
एनआइसीद्वारा कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट योजना सार्वजनिक
United Ajod

काठमाडौं । एनआइसी एसिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ। बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यस्तो योजना ल्याएको बताएको छ।

Shikhar
Nepal Life
NIMB

२०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा पनि छुट प्रदान गर्ने गरी योजना ल्याएको हो।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकलाई यस योजनामा सहभागी भई लाभ लिन पनि बैंकले आग्रह गरेको छ।

बैंकले ल्याएको छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

यस्तो छ योजना-

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया