Nepal Life

टी-२० र युरोकपलक्षित डिशहोमको १५ सहरमा रोड-शो

NMB Bank
  • BFIS News
  • 2024 May 07 13:51
टी-२० र युरोकपलक्षित डिशहोमको १५ सहरमा रोड-शो
United Ajod

काठमाडौं । आज (वैशाख २५) बाट देशका विभिन्न १५ वटा सहरहरूमा रोड–शो कार्यक्रम थालेको छ। डिशहोमले आउँदो टी-ट्वान्टी र यूरो २०२४ लाई लक्षित गरी उक्त रोड–शो कार्यक्रम सुरु गरेको हो।

Shikhar
Nepal Life
NIMB

यस कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डे भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्ज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।

अन्य थप रोमाञ्चक गतिविधिहरू पनि हुने आयोजकले जनाएको छ। जहाँ सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्नेछन् ।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने  रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगन्ज, जेठ १ गते हेटौँडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भई समापन हुनेछ।

कार्यक्रमले देशभरका हजारौंलाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया