Nepal Life

एनएमबि लघुवित्त करिब साढे ७ करोड नोक्सानीमा, अन्य सूचकमा के छ?

NMB Bank
  • BFIS News
  • 2024 May 08 08:45
एनएमबि लघुवित्त करिब साढे ७ करोड नोक्सानीमा, अन्य सूचकमा के छ?
United Ajod

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्त नोक्सानीमा रहेको देखिएको छ।

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि लघुवित्तले ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ। अघिल्लो वर्षको यसैअवधिमा संस्थाले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेकोले कम्पनीले खुद नोक्सान बेहोर्न परेको हो।

खुद ब्याज आम्दानी ३२.४५ ले घटेर १७ करोड ५३ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा २५ करोड ९६ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो।

गत वर्ष यसै अवधिमा १ करोड ६१ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यो वर्ष ७ करोड ५० लाख १३ हजार रुपैयाँ सञ्चालन नोक्सानी बेहोरेको छ।

यस्तै लघुवित्तको वितरण योग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ।

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया