Nepal Life

रुरु जलविद्युतको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि

NMB Bank
  • BFIS News
  • 2024 May 09 08:05
रुरु जलविद्युतको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि
United Ajod

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको खुद नाफामा सामान्य वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६६ प्रतिशत बढेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४८ पैसा बढेर १८ रुपैयाँ ५४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपेयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.५९ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १७ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको विद्युत बिक्री आम्दानी १.१५ प्रतिशत घटेको छ भने कुल नाफा ०.३१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ६८.३२ प्रतिशत र वित्तीय खर्च २८२ प्रतिशत घटेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया