Nepal Life

विदेशबाट आउदा महिलालाई ५० र पुरुषलाई २५ ग्राम सुनमा भन्सार छुट

NMB Bank
  • BFIS News
  • 2023 Aug 04 20:19
विदेशबाट आउदा महिलालाई ५० र पुरुषलाई २५ ग्राम सुनमा भन्सार छुट
United Ajod

काठमाडौं। विदेशबाट फर्किदा महिलाले ५० र पुरुषले २५ ग्राम सुन  भन्सार नतिरी ल्याउन पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार सूचना सार्वजनिक गर्दै भन्सार शुल्क नबुझाइ ल्याउन पाउने मालवस्तुको विवरण सार्वजनिक गरेको हो। 

Shikhar
Nepal Life
NIMB

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार महिलाले ५० र पुरुषले २५ ग्राम सुनमा भन्सार तिर्नु नपर्ने भएको छ भने एक व्यक्तिले दुई सय ग्रामसम्म सुनका गहना भन्सार महसुल बुझाएर ल्याउन पाउने छन्। भन्सार कार्यालयले गहनाको आकार मात्रै दिएर बनाएका बेरुवा, औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता दिएको छैन। 

यात्रुले आफूले प्रयोग गरिहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन। श्रम स्वीकृती लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार शुल्क नबुझाए पनि ल्याउन पाउने छन्। भन्सार नतिरे पनि मोबाइल ल्याउँदा भन्सार प्रक्रिया पुरा गर्नुपर्छ। 

कार्यालयका अनुसार श्रम स्वीकति लिएर लगातार १२ महिना विदेश बसेर सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नेपालीले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा भन्सार महसुल लाग्ने छैन।  सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको भए ३२ इन्चसम्मको टेलिभिजनको मात्र भन्सार छुट हुनेछ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया