Nepal Life

आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, सरकारलाई कांग्रेसको 'डर'

NMB Bank
  • BFIS News
  • 2024 May 14 08:23
आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, सरकारलाई कांग्रेसको 'डर'
United Ajod

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

Shikhar
Nepal Life
NIMB

सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुनेछ।

यता, संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग बिहानैदेखि छलफल गरिरहेका छन्।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ। उसले यही माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ। आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा अवरोध नहोस् भन्ने कुरालाई ध्यानमा राख्दै कांग्रेससँग प्रधानमन्त्रीले छलफल थालेका हुन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया