Nepal Life

ठमेल प्लाजा होटल एण्ड सुइट्सले आइपिओ निस्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 May 16 08:33
ठमेल प्लाजा होटल एण्ड सुइट्सले आइपिओ निस्कासन गर्ने
United Ajod

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्सले आइपिओ निष्कासनको तयारी गरेको छ। यसका लागि होटलले विशेष साधारण सभासमेत बोलाएको छ। प्रमुख एजेण्डाका रुपमा उक्त प्रस्ताव साधारणसभामा प्रस्तुत हुनेछ।

Shikhar
Nepal Life
NIMB

जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो। होटलकै सभाकक्षमा बिहान १० बजे साधारणसभा बस्नेछ।

सभामा यसका साथै हकप्रद शेयर जारी गर्ने, यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको नाममा खरिद गरेको जग्गाको जानकारी र सोको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया