Nepal Life

मौद्रिक नीति र वित्तीय नीति मार्फत तरलता वृद्धि गर्ने काममा सरकार क्रियाशील छ : अर्थमन्त्री डा. महत

NMB Bank
  • BFIS News
  • 2023 Aug 05 19:52
मौद्रिक नीति र वित्तीय नीति मार्फत तरलता वृद्धि गर्ने काममा सरकार क्रियाशील छ : अर्थमन्त्री डा. महत
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताएका छन् । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औं स्थापना दिवसमा बोल्दै मन्त्री डा. महतले पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहने र रहिरहने बताए । त्यसकारण पनि यो पेशा र व्यवसायको विस्तार आवश्यक रहेको उल्लेख गर्दै डा. महतले भने, ‘हरेक क्षेत्रमा हिसाबकिताब चुस्त दुरुस्त राख्ने र हिसाब किताब चुस्त दुरुस्त छ कि छैन भनेर त्यसलाई हेर्ने जिम्मेवारी अडिटरहरुको हुन्छ ।’

Shikhar
Nepal Life
NIMB

‘अर्थतन्त्रमा समस्या थियो, अझै केही समस्या छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्र होइन । मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौं, केही सम्बोधन भएको छ, उद्योग व्यवसायी साथीहरुले खोजेजस्तो अवश्य भएको छैन’ अर्थमन्त्री डा. महतले भने, ‘वर्किङ क्यापिटलका बारेमा साथीहरुले चाँडै निर्देशिका ल्याउँछौं भन्नुभएको छ, त्यो आएपछि थप सहजता हुनेछ ।’

मन्त्री डा. महतले पूँजीगत खर्चमा हामीले बजेट धेरै राख्न सकेनौं, तर यसलाई हामीले सम्पूर्ण रुपले खर्च गर्न सकियो भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ । मौद्रिक नीति र वित्तीय नीतिमार्फत् अर्थतन्त्रमा तरलता बढाउने, लगानी वृद्धि गर्ने काममा सरकार क्रियाशील रहेको बताए ।

‘कोभिडको समयमा लामो समय अर्थतन्त्र ठप्प भयो, त्यसको प्रभाव अहिले देखिरहेको छ । बन्दको असर एक किसिमको थियो, त्यो बेला थपिएको दायित्व अहिले प्रकट हुन थालेको छ’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ यो अस्थायी हो ।’

‘राज्य संयन्त्रमा समस्या छ, धेरै कुरा हामी घोषणा गर्छौ, यो घोषणाको अन्तरनिहीताको गम्भीरतामा हामी सोच विचार गर्दैनौं । जसले गर्दा धेरै समस्या आएको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘विचार नपुर्याइ गरेको निर्णयले समस्या जम्मा भएका छन्, यसलाई सफा गर्न समय लाग्छ, यसको सफाइको सुरुवात हामीले गरेका छौं ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया