Nepal Life

बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

NMB Bank
  • BFIS News
  • 2023 Aug 05 22:25
बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
United Ajod

काठमाडौं । शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको  छ।

Shikhar
Nepal Life
NIMB

मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले नदीमा जलसतह बढ्ने तथा बाढी, पहिरो जान सक्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको छ।  

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिन नै देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना छ। उनका अनुसार मनसुनी वायुको प्रभाव साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यूनचापीय प्रभाव रहेकाले देशभरकै मौसम बदली रहेको छ। 

उनले भने, “मनसुनी वायुको प्रभाव कायम रहेको र भारतको मध्य प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रणालीको प्रभावले सबै प्रदेशभर तीन दिनको मौसम बदली भएर मध्यमदेखि भारी वर्षाको सम्भावना छ।” 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया