Nepal Life

नेपाल वेयरहाउजिङ्गले सञ्चालनमा ल्यायो दुई शक्तिशाली भण्डारण

NMB Bank
  • BFIS News
  • 2024 May 19 18:03
नेपाल वेयरहाउजिङ्गले सञ्चालनमा ल्यायो दुई शक्तिशाली भण्डारण
United Ajod

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले पर्सा र सुनसरीमा निर्माण गरेको वेयरहाउस सञ्चालनमा ल्याएको छ । कम्पनीले पर्सा जिल्लाको पर्सागढि १, विरूवागुठी र सुनसरी जिल्लाको गढि गाँउपालिका २, औरावनी स्थित वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको हो । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाल वेयरहाउजिङ्ग कंपनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ  तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कंपनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसको साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् ।

कम्पनीका महाप्रवन्धक समिर राज सत्याल भन्छन, 'मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ।'

यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वंयले गरेको उनले बताए । अवको दुई महिना मकै र गँहु को कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्यालले बताए । यसका लागि अहिले २४ सै घण्टा कम्पनी सञ्चालनको व्यवस्था मिलाएको उनले जानकारी दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया