Nepal Life

डा. नूतन शर्माले छाडिन् नर्भिक, 'बी एण्ड बी'मा अत्याधुनिक आईभिएफ चलाउने

NMB Bank
  • BFIS News
  • 2024 May 23 05:39
डा. नूतन शर्माले छाडिन् नर्भिक, 'बी एण्ड बी'मा अत्याधुनिक आईभिएफ चलाउने
United Ajod

काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन् । 

Shikhar
Nepal Life
NIMB

हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन् । 

डा. शर्माले बि एण्ड बी अस्पतालमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म(६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिनेछिन् । 

नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डा. शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्न लागिएको समेत बताएकी छिन् । ‘बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ ।’ डा. शर्माले भनिन्–‘केही समयपछि हामीले बी एण्ड बीमै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर समेत सञ्चालन गर्नेछौं । त्यसको पूर्व तयारी समेत थालिसकिएको छ ।’ 

नवचिकित्सकहरुका लागि विश्वस्तरीय आईभिएफ ट्रेनिङ इन्स्टिच्यूट समेत सञ्चालन गरिने डा. शर्माले जानकारी दिइन् । ‘त्यस्तो इन्स्टिच्यूटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ ।’ डा. शर्माले भनिन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया