Nepal Life

सहकारी पीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने, सहमति कार्यान्वयन नगरिएको आरोप

NMB Bank
  • BFIS News
  • 2024 May 23 17:41
सहकारी पीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने, सहमति कार्यान्वयन नगरिएको आरोप
United Ajod

काठमाडौं । सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन्। यसअघि भएका सम्झौताहरूको कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

आन्दोलनको कार्यक्रमअनुसार शुक्रबार काठमाडौं माइतीघर मण्डलाबाट प्रर्दशन गर्ने र साँझदेखि माग पुरा नहुन्जेलसम्म रिले अनसन बस्ने लगायत छन्।

सोही दिन चितवन, विराटनगर, इटहरी र धरान लगायतका मुलुकका विभिन्न स्थानबाट समेत आन्दोलनको समर्थनमा पीडितहरूले  र्‍याली पनि निकाल्ने भएका छन्।

गत चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो। पीडितहरूबाट सहभागिता रहने गरी अधिकार सम्पन्न छानबिन समितिको गठन गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सुदृढीकरण गरेर समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन गरेर पीडितहरूको बचत फिर्ता गर्ने लगायतका सम्झौता भएको थियो।

यस्तै, बचत हिनामिनामा संलग्न सहकारी व्यवस्थापनका कर्मचारी लगायतलाई कारबाही गर्ने, सहकारीको बचत तथा कर्जा सुरक्षण कोषको स्थापना, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणको स्थापना लगातका सम्झौता पनि भएका थिए। तर, सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिन लागेका हुन्।

महासंघका अनुसार पीडितहरूले सहकारीहरूबाट २ खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया