Nepal Life

चिरख्वा हाइड्रोपावर घाटामा, कस्ता छन् अन्य वित्तीय विवरण?

NMB Bank
  • BFIS News
  • 2024 May 27 07:57
चिरख्वा हाइड्रोपावर घाटामा, कस्ता छन् अन्य वित्तीय विवरण?
United Ajod

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घाटा व्यहोरेको छ। सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणमा कम्पनीले समीक्षा अवधिसम्ममा १२ लाख ४१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको देखिएको हो।

Shikhar
Nepal Life
NIMB

सो अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै रिटेन्ड अर्निङ ४७ लाख ५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ। कम्पनीको कुल चालू सम्पत्ती ३ करोड ८८ लाख र कुल चालू दायित्व १७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कर्मचारी खर्च ५ लाख १४ हजार रुपैयाँ र प्रशासनिक खर्च ७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ०.३१ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९८.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तीको मूल्य २७८.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ हजार ७४३.९४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया