Nepal Life

विद्युतीय गाडीमा बढ्यो कर, हेर्नुहोस् कति बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 May 28 18:26
विद्युतीय गाडीमा बढ्यो कर, हेर्नुहोस् कति बढ्यो
United Ajod

काठमाडौं । सरकारले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटमार्फत अर्थमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लाग्दै आएको भन्सार दर बढाएका हुन्। 

Shikhar
Nepal Life
NIMB

बजेटमा ५० किलोवाटसम्मको गाडीमा अन्त:शुल्क र भन्सार शुल्कमा ५ प्रतिशत कर लगाएको छ। यस अघि यसमा अन्त:शुल्क थिएन भने भन्सार दर १० प्रतिशत मात्रै थियो। अब यो सेग्मेन्टमा १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्त:शुल्क लाग्छ।

यसैगरी ५० किलोवाटदेखि १०० किलोवाटसम्मको इभीमा भन्सार र अन्त:शुल्क ५/५ प्रतिशतले बढाएको छ। जसमा यसअघि १५ प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब २० प्रतिशत र अन्त:शुल्कमा यस अघि १० प्रतिशत लाग्दै आएकोमा अब भने १५ प्रतिशत भएको छ।

यस्तै २०० किलोवाटमा भन्सार शुल्क १० प्रतिशत बढाएर ३० प्रतिशत पुर्‍याएको छ। यसअघि २० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो। यो सेग्मेन्टमा अन्त :शुल्क २० प्रतिशत नै कायम गरिएको छ। यस्तै ३०० किलोवाटमा २० प्रतिशत भन्सार  शुल्क बढाएर ६० प्रतिशत पुर्‍याएको छ। तर यसमा अन्त:शुल्क भने २५ प्रतिशतले घटेर ३५ प्रतिशत कायम गरिएको छ।

यस्तै ३०० किलोवाटभन्दा माथिकोमा भन्सार शुल्क २० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्‍याएको छ। यसमा लाग्दै आएको ६० प्रतिशत अन्त:शुल्कलाई १० प्रतिशत घटाएर ५० प्रतिशतमा राखेको छ। स्रोतका अनुसार नयाँ कर अनुसार सबैभन्दा बढी विद्युतीय गाडी बिक्री भएको बीवाइडीको एट्टो-३ सुपेरियर ६ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ भने एडभान्सको मूल्य ४ लाख रुपैयाँ बढ्नेछ। यस्तै बीवाइडीको डल्फिनको तीनदेखि ६ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया