Nepal Life

युनाइटेड मोदी हाइड्रोपावरले पुन: बोलायो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2024 May 31 08:57
युनाइटेड मोदी हाइड्रोपावरले पुन: बोलायो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव
United Ajod

काठमाडौं । यसअघि गणपूरक संख्या नपुगेपछि स्थगित साधारण सभा आयोजनाको लागि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले अर्को मिति तय गरेको छ। हाइड्रोपावर अब जेठ २७ गते काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

सभामा कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाइड्रोपावरद्वारा प्रवर्द्धित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १:१ अनुपात (शतप्रतिशत) मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने र हकप्रद निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित हुनेछ।

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु पारित गरी चालू आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ।

सभा प्रयोजनार्थ कम्पनीले गत चैत्र ७ गते बुक क्लोज गरिसकेको छ। चैत्र ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया