Nepal Life

पठाओ नेपालको 'पठाओ पार्सल' सेवा अब देशभर

NMB Bank
  • BFIS News
  • 2024 May 31 17:19
पठाओ नेपालको 'पठाओ पार्सल' सेवा अब देशभर
United Ajod

काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओ नेपालले 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ। केही महिनादेखि परीक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिनेछ।

Shikhar
Nepal Life
NIMB

व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा लिन सक्ने जनाइएको छ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि डेलिभरीका लागि एक पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक किलोका पार्सल दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रूपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ।

'कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ,' कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले भने, 'पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी बिजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ।'

उनका अनुसार पठाओले यस सेवामार्फत् परीक्षण अवधिमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको छ।

पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले 'ड्यासबोर्ड' तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत् नै निगरानी गर्न सक्ने बताइएको छ।

पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौं उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ।  

कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ।

नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ।

पठाओले पार्सल डेलिभरीसँगै दुई पांग्रे र चार पांग्रेमा राइड सेयरिङ, पठाओ फुड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया