Nepal Life

राष्ट्र बैंकले जारी गर्यो वित्तीय समावेशीकरण नीति २०८१, वित्तीय साक्षरतादेखि १३ वटा नीतिगत व्यवस्था

NMB Bank
  • BFIS News
  • 2024 May 31 21:12
राष्ट्र बैंकले जारी गर्यो वित्तीय समावेशीकरण नीति २०८१, वित्तीय साक्षरतादेखि १३ वटा नीतिगत व्यवस्था
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति २०७९ जारी गरेको छ । वित्तीय स्थायित्वलाई मध्यनजर गर्दै वित्तीय सेवाको विस्तार, प्रगाढता अभिबृद्धिका साथै वित्तीय साक्षरता प्रवर्धन र वित्तीय ग्राहक संरक्षण मार्फत वित्तीय समावेशीकरण प्रवर्धन गर्नु यस नीतिको उद्देश्य रहेको छ । 

Shikhar
Nepal Life
NIMB

वित्तीय समावेशीकरणको सम्बन्धमा विगतमा तर्जुमा गरिएका योजना तथा कार्यक्रम र त्यसको कार्यान्वयनको क्रममा जारी गरिएका निर्देशन र अभ्याससमेतका आधारमा वित्तीय समावेशीकरण नीति अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ । देशको दूरदराजसम्म बैंक तथा वित्तीय संस्थाको उपस्थितिबाट वित्तीय सेवाको विविधीकरण मार्फत यस्ता सेवालाई व्यापक र सर्वसुलभ बनाउनुका साथै डिजिटल वित्तीय सेवा (प्रविधिमैत्री वित्तीय सेवा) को उपलब्धता, पहुँच र प्रयोगको लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरेर वित्तीय सेवाको समावेशी पहुँचलाई गुणात्मक रूपमा वृद्धि गर्ने निती रहेको छ । 

राष्ट्र बैंकले वित्तीय साक्षरताको अभावमा वित्तीय पहुँचबाट वञ्चित तथा सीमित पहुँच पुगेका व्यक्ति, वर्ग, समुदाय र क्षेत्रलाई लक्षित गरेर वित्तीय शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम आयोजना गर्ने, जनचेतनामूलक सामग्रीहरू जस्तैः पुस्तक, डिजिटल ब्यानर,
श्रव्यदृश्य सामग्री आदि निर्माण गरी रेडियो, टेलिभिजन, वेवसाइट तथा सामाजिक सञ्जालजस्ता उपयुक्त माध्यमबाट प्रसारण गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने भएको छ । यसका साथै, वैदेशिक रोजगारमा जाने नेपालीहरू तथा तिनका परिवारलाई औपचारिक
बैङ्किङ प्रणालीमार्फत विप्रेषण रकम पठाउने र प्राप्त गर्ने बारे चेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ । यस नीतिमा १३ वटा क्षेत्रहरु तोकिएको छ । 

यो नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिको मस्यौदा नेपाल सरकारसमक्ष पेस गर्ने भएको छ । राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिले तय गरेका कार्ययोजना क्रमशः लागु गरिनेछ । यस नीति र राष्ट्रिय वित्तीय समावेशीकरण रणनीतिका विषयसमेत मध्यनजर गरी मौद्रिक नीति, वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा गरिने भएको छ ।

वित्तीय समावेशिता अभिवृद्धिको लागि इजाजतपत्र तथा अनुमतिप्राप्त संस्थाका लागि यस नीतिको कार्यान्वयनमा सहयोग हुने गरी निर्देशनहरू जारी गर्ने भएको छ । यस नीति कार्यान्वयनका लागि अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्नेछ । 

यस्तो छ राष्ट्र बैंकले जारी गरेको वित्तीय समावेशीकरण नीति 

वित्तीय समावेशीकरण नीति

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया